NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

आगामी साता मन्त्रिमण्डल हेरफेर हुने

काठमाडौं । आगामी साता बजेट पास गरी मन्त्रिमण्डल हेरफेरको तयारी अघि बढेको छ । सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको तयारी छ ।

हाल कुनै पनि मन्त्रालय रिक्त छैनन् । जसकारण हालका केही मन्त्रीहरु हट्ने सम्भावना छ । त्यसमा विगत डेढ वर्षदेखि निरन्तर मन्त्री रहेका माओवादी पार्टीका नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, रेखा शर्मा जोखिममा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि एक मन्त्रालय छाड्न भनिएको स्रोत बताउँछ ।

माओवादीका पर्यटनमन्त्री हितबहादुर तामाङलाई अन्यत्र जिम्मेवारी दिएर त्यसमा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठलाई नियुक्त गर्ने तयारी छ । साथै, जनमतका सिके राउत आफैं सरकारमा आए परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । एमालेले पनि अर्थ वा पराराष्ट्र आफुलाई दिन प्रधानमन्त्रीलाई दबाब दिएको स्रोत बताउँछ ।

प्रधानमन्त्री प्रचण्डले बजेट पास भएलगत्र्तै मन्त्रिमण्डल हेरफेर गर्ने आश्वासन जनमत र नागरिक उन्मुक्तिलाई दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष