सुकेटारमा एक सातादेखि उडान अवरुद्ध

फङ्लिङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु)का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो ।
प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रबार र शनिबार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । आज पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।
लगातार उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट गरेका यात्रु रोकिएका छन् । त्यस्तै काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इन्चार्ज लिम्बूले जानकारी दिए । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।
नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । अझै बाक्लो तुँवालो र हुस्सु कायमै रहेकाले यो मौसममा सुधार नआएसम्म उडान प्रभावित हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया