त्रिविका उप–प्राध्यापकलाई स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक उप–प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । सुर्खेत बहुमुखी क्याम्पसका उप–प्राध्यापक लालबहादुर राना बिदा स्वीकृतबेगर लामो समय कार्यालयमा हाजिर नभएपछि त्रिवि कर्मचारी प्रशासन महाशाखाले ३५ दिने स्पष्टीकरण सोधेको हो ।
उप–प्राध्यापक रानाले ०७३ कात्तिक १८ गते ५ वर्षको अध्ययन स्वीकृत गराएकोमा त्यसको म्याद ०७८ कात्तिक १८ गते समाप्त भएको थियो । त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ३०(५) अनुसार बिदा सकिएपछि प्राध्यापन कार्यमा संलग्न हुनुपर्नेमा उनी सम्पर्कविहीन थिए ।
उप–प्राध्यापक राना आफू कार्यरत क्याम्पसमा बिनाजानकारी ९० दिनभन्दा बढी दिन अनुपस्थित भएकाले त्रिवि कार्यकारी परिषद्को गत जेठ ३० गतेको निर्णयानुसार ३५ दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।
उप–प्राध्यापक राना अध्ययन बिदामा बस्दा रकम लिएका श्रेष्ठले कबुलियतनामामा त्यसको ब्याज भुक्तानी गर्ने सर्तमा मञ्जुरी जनाएका छन् । महाशाखाले सापटी र त्यसको ब्याजसमेत असुल उपर गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया