घाँस काट्ने क्रममा सकेट बम भेटियो
काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
आज त्यहाँका स्थानीय बासिन्दा जङ्गल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला पारेका थिए । लगत्तै उनीहरूले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी घटनास्थलमा पुगेर त्यस ठाउँलाई सुरक्षित राख्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।
योसहित सिस्ने–२ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारी निष्क्रिय गरिएको हो । गएको फागुन २६ गते दर्जन बढी बम फेला पारी निष्क्रिय गरिएको थियो भने यही चैत ११ मा पनि दुई वटा सकेट बम फेला पारी निष्क्रिय गरिएको प्रहरी निरीक्षक बानियाँले बताए ।
अहिले पनि पहिले भेटिएको ठाउँको १० मिटरको आसपासमा बम फेला परेको उनले बताए । तीनै पटक भेटिएका बमहरू सशस्त्र द्वन्द्वकालमा राखिएको हुनसक्ने प्रहरीले बताएको छ । सबै बमहरु पुराना रहेको पाइएको र केही बम खुला त केही ड्रममा राखेको अवस्थामा भेटिएका थिए ।
सिस्ने–२ को जङ्गलमा घाँसदाउरा जाँदा बम भेटिन थालेपछि नागरिकहरु त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालयले बम हुनसक्ने सम्भावित ठाउँ हेरेर त्यस आसपास नजान र सावधानी अपनाउन नागरिकललाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया