एक खेलअगावै अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को नकआउट चरणको यात्रा तय गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोलान्तरमा हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । निकै नै प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा उनले अर्जेन्टिनाका लागि गोल गरेका हुन् ।
समूह ‘ए’मा रहेको अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दै ६ अंक बनाएर नकआउट चरण यात्रा तय गरे पनि अर्को खेल पेरुसँग खेल्नेछ । यसअघि सम्पन्न पहिलो खेलमा उसले क्यानडालाई पराजित गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया