‘इट्स माई शो’ को कन्ट्रोभर्सीपछि सुरजले भने, ‘२३ वर्षको समर्पण र मेरो ब्रान्ड ध्वस्त भयो’
काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘इट्स माई शो’ विवादमा परेको छ । यहि विवादले अहिले सामाजिक सञ्जालमा कार्यक्रमप्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
यसअघि सुरज सिंह ठकुरीले चलाउँदै आएको कार्यक्रमको नयाँ प्रस्ताेताका रुपमा ओसिन सिटौला आइपुगेकी थिइन् । ओसिनको पहिलो एपिसाेड नै विवादमा परेकाे छ । शोमा अतिथी अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाइ बाेलाइएकाे थियाे । कार्यक्रममा अभिनेत्रीहरूले दिएकाे अभिव्यक्तिको चर्को आलोचनासँगै विवाद उत्कर्समा पुगेकाे छ । त्यसाे त अभिनेत्रीको अभिव्यक्तिमात्र विवादको जड भने होइन् कार्यक्रममा ओसिनले सोधेका प्रश्न र सर्त पनि यसको विवादको कारण देखिन्छ । कार्यक्रममा ओसिनले अतिथीलाई केही प्रश्न सोध्ने र त्यसको उत्तर दिन नसके नांगिनुपर्ने सर्त राखेकी थिइन् ।
त्यति मात्र नभइ ओसिनले अभिनेत्री जसिता गुरुङलाई लक्षित गर्दै आपत्तिजनक प्रश्न गरेकीसमेत थिइन् । कार्यक्रमपछि जसिताले फेसबुकमा स्टाटस लेख्दै आफ्नो चरित्रहत्या भएकोप्रति आपत्ति जनाएकी थिइन् । कार्यक्रमको विवादबीच सुरजसिंह ठकुरीले पनि अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो ब्रान्ड ध्वस्त पारिएको बताएका छन् ।
उनले २३ वर्षको समर्पण, इमानदारी र बफादारीता ध्वस्त भएको भन्दै एक यसले आफू दुखी भएको अभिव्यक्ति दिएका छन् ।
उनले लेखेका छन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै… तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु। म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारीता ध्वस्त भएको छ.. एक टिभीको अनुहारको रूपमा,म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया