मान्छेमात्रै होइन, च्याउले पनि गर्छन् एकअर्कासँग कुराकानी

काठमाडाैँ । तपाईंले रुख विरुवामा पनि जीवन हुन्छ भन्नेबारे त पक्कै सुन्नुभएको होला । तर, विरुवाले पनि एकअर्कासँग कुरा गर्छन् भन्नेबारे सुन्नुभएको छ ? पहिलो पटक वैज्ञानिकले च्याउले पनि एकअर्काबीच संवाद गर्ने गरेको दाबी गरेका छन् ।
जानकारीका अनुसार युनिभर्सिटी अफ इंग्लण्डका प्रोफेसर एन्ड्र्यू एडमात्ज्कीले यो अनुसन्धान गरेका हुन् । उनका अनुसार च्याउले पनि मानिसजस्तै आफ्नो मनको कुरा गर्छन् ।
अचम्मलाग्यो कुरा त यो छ कि, तिनिहरुको पनि आफ्नै शब्दकोश छ जसमा ५० शब्दहरु शहुन्छन् । च्याउले प्रयोग गर्ने प्रत्येक शब्दको लम्बाइ करिब ६ अक्षरको हुने पत्ता लागेको छ ।
उक्त अनुसन्धानको आधारमा एन्ड्रूले च्याउमा मस्तिष्क र चेतना दुवै हुने दाबी गरेका छन् । उनक अनुसार च्याउमा मानव भाषाजस्तै विद्युतीय अवेगहरु छन् । यसलाई विद्युतीय गतिविधि भनिन्छ । बिजुलीका आवेगहरु अर्थात् बिजुलीका छालहरुमार्फत मानिसहरुले जस्तै तिनिहरुले पनि एकअर्कालाई दु:ख सुखका कुरा सुनाउँछन् ।
अध्ययनले बताएअनुसार च्याउले एकअर्कालाई आगामी मौसम र खतराको बारेमा बताउँछ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित एक अनुसन्धानमा प्रोफेसर एन्ड्र्यूले च्याउको स्पिकिं प्याटर्न र मानिसको भाषाबीच सम्बन्ध छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताउँछन् ।
तर, केही वैज्ञानिकहरु यसबारे थप अनुसन्धान आवश्यक रहेको बताउँछन् । विद्युतीय गतिविधिलाई यति चाँडै भाषाको संज्ञा दिएको उनीहरु सहमत छैनन् ।
च्याउबो हरेक शब्दमा ६ अक्षर भएको पाइएको छ । यो अनुसन्धान चार प्रजातीका च्याउ इनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलरमा गरिएको हो । प्रोफेसर एन्ड्र्यूका अनुसार प्रत्येक शब्दको औसत लम्बाइ करिब ६ अक्षर हुन्छ ।
मानिस जस्तै सुख दुःखका कुरा गर्छन् च्याउहरु ! – NepalWatch
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया