‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’
![‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’](http://nepalwatch.com/wp-content/uploads/2024/06/Narayan_dahal_photo.jpg)
काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन् ।
संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेको उल्लेख गरे ।
सन्देशमा उनले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।
नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गरेका छन् ।
विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।
ताजा अपडेट
-
कैलालीको भजनी जलमग्न, एक जनाको मृत्यु
-
रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रधानमन्त्रीलाई सघाउने
-
पार्टी सुधारेर रविलाई राजनेता बनाउन खोज्दा ममाथि कारबाही गरियो : ढकाल
-
प्रधानमन्त्री प्रचण्ड थप संकटमा, रास्वपाका मन्त्रीले पनि आज राजीनामा दिने
-
स्रोत साधनको वितरणमा न्यायका लागि नेपालमा देखिएका चुनौती र समाधान
प्रतिक्रिया