मोदीलाई बाइडनको आग्रह– रुसबाट ऊर्जा आयात नबढाउनुस्
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसबाट ऊर्जा आयात नबढाउन आग्रह गरेका छन् । सोमबार मोदीसँगको एक घण्टा लामो भिडियो संवादका क्रममा बाइडनले यस्तो आग्रह गरेका हुन् ।
रुसी ऊर्जा आयात बढाउनु दिल्लीको स्वार्थअनुकूल नरहेको बाइडनको भनाइ छ ।
बिबिसीका अनुसार, बाइडनले ऊर्जा आयातमा विविधीकरणका लागि भारतलाई सहयोग गर्ने वचन दिएका छन् ।
भारत रुससँग परम्परागत सम्बन्ध रहेको मुलुक एक हो । उसले सैन्य सामग्रीको ठूलो हिस्सा रुसबाट नै आपूर्ति गर्दै आइरहेको छ । त्यसैले युक्रेन युद्ध पश्चात भारतले रुसलाई चिढाउने खालका कुनै पनि अभिव्यक्ति दिएको छैन । रुसविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धमा पनि भारत सामेल नभई तटस्थ छ ।
छलफलका क्रममा कोभिड सहयोग, विश्व अर्थतन्त्र र हिन्द प्रशान्त सुरक्षा मामिलाबारे पनि छलफल भएको बताइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया