सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालयले साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी नियुक्ति गर्नेगरी ४८ निरीक्षक माग गरेको हो ।
लेखा उपसमूहमा सबैभन्दा धेरै २९ जनाका लागि आवेदन खुलाइएको छ । त्यस्तै कानून उपसमूहमा ८, मेकानिकल अटोमोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन इन्जिनियरमा ३÷३ जनशक्ति माग गरिएको छ । सिभिल इन्जिनियरिङमा २ जनाका लागि विज्ञापन गरिएको छ ।
आवेदन असार २१ गतेदेखि आगामी साउन २० गतेसम्म तथा दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म दिन सकिने मानव स्रोत निर्देशनालयले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता



प्रतिक्रिया