सशस्त्र प्रहरीले माग्यो ४८ इन्स्पेक्टर (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ४८ निरीक्षक (इन्स्पेक्टर) माग गरेको छ । सशस्त्र प्रहरी बल मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालयले साधारण समूह, कानून उपसमूह, लेखा उपसमूह र प्राविधिक समूहमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी नियुक्ति गर्नेगरी ४८ निरीक्षक माग गरेको हो ।
लेखा उपसमूहमा सबैभन्दा धेरै २९ जनाका लागि आवेदन खुलाइएको छ । त्यस्तै कानून उपसमूहमा ८, मेकानिकल अटोमोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसन इन्जिनियरमा ३÷३ जनशक्ति माग गरिएको छ । सिभिल इन्जिनियरिङमा २ जनाका लागि विज्ञापन गरिएको छ ।
आवेदन असार २१ गतेदेखि आगामी साउन २० गतेसम्म तथा दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म दिन सकिने मानव स्रोत निर्देशनालयले जनाएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया