जुत्तामा लुकाएको तीस हजार डलरसहित रसुवामा एक पक्राउ
काठमाडौं । करिब तीन हजार अमेरिकी डलर र तीन हजार चिनियाँ आरएमबीसहित एक व्यक्ति रसुवामा पक्राउ परेका छन् । शुक्रबार प्रहरीले रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं २ रसुवागढी स्थितमा टिमुरेबाट रसुवागढी नाकातर्फ पैदल हिंडीरहेको अवस्थामा इ.प्र.का. टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला नुवाकोट ककनी २ पैरेबेशी बस्ने ३३ वर्षिय समिर सुनारलाई पक्राउ गरेको हो ।
खुट्टामा लगाएको कलेजी रङ्गको छालाको जुत्ताभित्र लुकाएको अवस्थामा ३० हजार अमेरिकी डलर र तीन हजार ७३ चिनियाँ आरएमबीसहित उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई राजश्व अनुसन्धान बिभाग हरिहरभबन पठाइएको रसुवाका डिएसपी केशव भट्टराईले जानकारी दिए ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया