पोखरामा पहिरोले घर पुरियो, एक जनाको मृत्यु
कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको घर बुधबार बिहान पहिरोले पुरिँदा उनका २२ छोरा वर्षीय भीमबहादुरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया