पोल्यान्डमा तस्करको निशानामा यसरी पर्छन् युक्रेनी महिला

वार्सा । पाेल्यान्डमा काम गरिरहेका एक जना पूर्वसैनिक बिली राइटले आफ्ना साथीलाई सीमापार एउटा क्याफेबाहिर दुई जना मानिस बसेको देखेको कुरा बताए । दुवै जना युक्रेनबाट आउने मान्छे खोजिरहेका थिए । उनीहरुसँग एक कप चिया पनि थिएन । उनले भने, ‘म शतप्रतिशत भन्न सक्छु,ती दुवै कसैको खोजीमा थिए ।’
त्यही क्रममा प्रहरीले गोप्य रुपमा एक संदिग्धको फोन हेरे । यसपछि प्रहरी निकै छक्क परे । उनको फोनमा एक दर्जनभन्दा बढी युक्रेनी परिवारका फोटो थिए । बिलीले युद्ध सुरु भएको दुई दिनपछि अष्ट्रेलियाबाट पोल्यान्ड जाँदा यस्ता धेरै गिरोह देखेको बताए । पीडित परिवारकाे किनबेच गर्ने गिराेहलाई त्यहाँ डिकर्स भनिन्छ ।
एक ३८ वर्षीय युवाका अनुसार उनी अब आमा र बच्चासहितको यस्तो पीडित परिवारको विशेष हेरचाह गर्नेछन् । यसमा विशेषगरी केटीहरुको उमेर २० वर्षको हाराहारी छ । बच्चा जति साना हुन्छन् उति नै ठिक हुन्छ । युद्धका समयमा युवतीहरुको मूल्य १४५ हजार डलर तोकिएको थियो ।
त्यहाँ गिरोहका एक सदस्य रेलमा चढेका परिवारको फोटो लिएर अर्को स्थानमा भएका गिरोहका सदस्यलाई फोटो पठाउँछन् । यस्तो अवस्थामा प्रहरीले १५ मिनेटमा ८ जना तस्करहरु पक्राउ गरेको थियो ।
बिलीले भने, ‘हामी धेरै होसियार हुनुपर्छ । हामीले गोप्य रुपमा गिरोहका सदस्यहरुको फोटो खिचेका छौं । यसलाई डाटा बेसमा राखिन्छ र ती फोटोहरु पछि सिमानामा तस्करी विरोधी परोपकारी संस्थाहरु र प्रहरीलाई पठाइन्छ । कहिलेकाँही हामी काम गर्दा ज्याकेटमा खानाका प्याकेट पनि बोक्छौं । यदि कोही भेटियो भने हामी खानाको प्याकेट दिन्छाैं । कयौं पटक पुरुषले महिलालाई फकाएर कारमा बसाउन खोजेको देखिएको छ, त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्छौं ।’
बिली भन्छन्, ‘म आफ्नो साथीसँग हिँडिरहँदा दुई पुरुषहरुले एक महिलालाई लिफ्ट चाहिएको हो ? भन्दै सोधिरहेका थिए । हामीले तत्कालै भन्यौं, यो क्षेत्रमा मानव तस्कर धेरै छन्, अपरिचितसँग सावधान रहनुहोस् ।’
बिलीहरु हरेक दिन छ घण्टा काम गर्छन् । बिलीका साथी ३५ वर्षीय ज्याक स्मिथले विशेष अपरेसनहरुमा काम गरेका छन् । एक गिराेहले गत साता लभिभबाट बस चढेका युक्रेनी परिवारको लुकेर फोटो खिचिरहेको थियो । फोटोमा दुई वृद्धा र दुई जना १३ वर्षका बालिकाहरु थिए ।
ज्याक स्मिथका अनुसार त्यो व्यक्तिले उनीहरुलाई भनिरहेको थियो, ‘तपाईको साथीले मलाई यो तस्बिर पठाउनु भयो र मलाई तपाईलाई लिन भन्नुभएको छ । उनीहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि ती तस्कर आक्रोशित भए ।’
मानव बेचबिखन विरोधी एजेन्सीको सञ्जाल अनबाउन्ड नाउका अनुसार पुरुषहरुले महिलालाई गाडीमा लिफ्ट दिने भन्दै लोभ्याउने प्रयास गर्छन् । अहिले युक्रेनी सीमाका देशहरूकाे अवस्था चुनौतीपूर्ण छ । ३७ वर्षीय डिन टेलरले भने, ‘हामीलाई थाहा थियो, केही संस्थाहरुका लागि यो पैसा कमाउने अवसर हुनेछ ।’
एकपटक अभिनेता सिल्भेस्टर स्टेलोनको अंगरक्षक भइसकेका बिली भने, ‘यदि मैले एउटा महिला वा बच्चालाई मात्रै बचाउन सके पनि यो ठूलो कुरा हुनेछ ।’
युक्रेनकी एक महिला शरणार्थीले आफूलाई संयुक्त राष्ट्र संघको स्वयंसेवक भएको दाबी गर्ने अमेरिकी तस्करको हातबाट आफू कसरी बच्न सफल भएँ भनेर उनीहरूसँग बताएकी थिइन् ।
मार्गेरिटा प्लाटनिक नाम गरेकी युवती आमा र काकासँग थिइन्, उनलाई एक अपरिचित व्यक्तिले शरणार्थी केन्द्रमा भेटेर अमेरिका लैजाने प्रस्ताव गरेका थिए । मार्गरिटाले भनिन्, ‘म भाग्यमानी थिएँ, म जसरी पनि बाँचेकी छु । म तस्करको सिकार हुन सक्थें ।’
रुसी बमबारीको ३३ दिनपछि मार्गरिटा मेडिका पाेल्यान्ड पुगेकी थिइन् । खाना र पानीको अभावले खार्किभमा रहेको आफ्नो घर छोड्न उनी बाध्य भइन् । उनी र उनको परिवारका सदस्यहरू पोल्याण्डको सीमामा आइपुगे, उनीहरूलाई बसबाट शरणार्थीहरूको केन्द्रमा परिणत गरिएकाे प्रेजेमिसलको बाहिरी भागमा रहेको विशाल औद्योगिक साइटमा लगियो ।
दर्तापछि आयरल्याण्डको लाइमरिक सहरमा बस्ने ठाउँ पाउँदा तिनीहरू उत्साहित थिए । ‘हामीले सुरक्षित छौं भन्ने सोचेका थियौं’ मार्गरिटाले बताइन् । उनलाई अमेरिकी राहदानी लिएर रुसी भाषी ४४ वर्षीय जर्जले सम्पर्क गरे, जर्जले उनलाई अमेरिकामा निर्यात आयात व्यवसाय सञ्चालन गरिरहेको बताउँथे । यसरी नक्कली विवरणका भरमा उनीहरू मानव तस्कर गरिरहेका छन् ।
प्रतिक्रिया