समाजवादी मोर्चा सक्रिय हुने छनक, दस्तावेज पेश गर्न कार्यदल बनाइयो
काठमाडौं । प्रगतिशील र कम्युनिस्ट घटक दलहरूसँग तत्काल कार्यगत एकता र भविष्यमा पार्टी एकताको लक्ष्य लिएर खडा गरिएको समाजवादी मोर्चा प्रचण्ड नेतृत्वको सरकार गिरेसँगै पुनः सक्रिय देखिन थालेको छ ।
लामो समयदेखि निस्क्रियप्रायः रहेको मोर्चाको बैठक प्रचण्ड नेतृत्वको सरकार गिरेको साता नपुग्दै मंगलबार बस्यो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाउने निर्णय लिएकाे छ ।
पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।
बैठकले उपेन्द्र यादव नेतृत्वको जसपा र मोहनविक्रम सिंह नेतृत्वको मसाललाई पनि मोर्चामा सामेल गराउन पहल थाल्ने निर्णय गरेको छ ।
“उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ”, उनले भने, “प्रगतिशील र कम्युनिष्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको छ ।”
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया