ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।
साथै, हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ ।
ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया