चिठी प्रकरणमा उपसभामुख रानाको प्रष्टोक्ति- गलत काम गरेको छैन, करुणाभाव देखाएको हो
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रतिक्रिया जनाउँदै आफूूले करुणाभावले गरेको कामलाई विवादित भएको बताएकी छिन् ।
उनले आफूूसहित ६जना व्यक्तिको अमेरिकी भिसाका लागि अन्तर्वार्ताको समय सारिदिन दूतावासलाई लेखेको पत्र विवादित भएसँगै यस्तो उनले प्रष्टोक्ति दिएकी हुन् ।
पत्र विवादमा परेपछि एक विज्ञप्ती जारी गर्दै उनले उक्त निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधी छोटो रहेको तर अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था आएकाले पत्र लेखेको बताएकी छिन् ।
करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउनु आफूविरुद्धको नियोजित कदम भएको उनको दाबी छ ।
‘मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुुन्छ । मेरो स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरु पनि धेै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया