राष्ट्रपतिको निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिने बाइडेनको घोषणा
काठमाडौं । पार्टीभित्रैबाट तिव्र दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका छन् । कमजोर स्वास्थ्यका कारण उनीमाथि दबाब बढ्दै गएको छ ।
डेमोक्रेटिक पार्टीले बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि बढाएको थियो । तर, टेलिभजन डिबेटमै उनको कमजोर प्रस्तुती आएसँग डेमोक्रेटहरु चिन्तित बनेका थिए । त्यसपछिका सार्वजनिक कार्यक्रममा पनि बाइडेनको बोल्ने क्रममा स्वर भासिने, कतिपय कुराहरु बिर्सिने गरेका थिए । त्यसले उनी मानसिक रुपमा कमजोर रहेको र त्यसले गर्दा डेमोक्रेटिक पार्टीले चुनाव हार्न सक्ने भन्दै प्रतिस्पर्धाबाट बाहिरिन दबाब बढेको थियो । आइतबार एक बिज्ञप्ती जारी गरी उनले देशर पार्टीको सर्वाेत्तम हित हेरेर बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन् । कोरोना संक्रमणका कारण बाइडेन केही दिनयता आराम गरिरहेका छन् ।
अब डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना छ । कमला उम्मेदवार बन्न सक्ने आकलन गरेर रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले उनको आलोचना गर्न थालिसकेका छन् ।
बाइडेनले कमलालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि बढाएका छन् ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया