लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिएर शपथ
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार बिहान प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आयोजित एक समारोहबीच मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
एमाले–कांग्रेस गठबन्धनसँगै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर बोहोरा हटेपछि आचार्य एमालेतर्फबाट मुख्यमन्त्री बनेका हुन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको सो प्रदेशका संसदीय दलका नेता लिला गिरीले आकांक्षा देखाएका थिए । तर उनलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएपछि एमालेमा असन्तुष्टि देखिएको छ । एमाले महासचिव शंकर पोखरेलको चाहनामा गिरीलाई रोकेर दलका उपनेता गिरीलाई मुख्यमन्त्री बनाइएको एमालेभित्र चर्चा छ ।
लुम्बिनी प्रदेशमा एमालेभित्र देखिएको असन्तुष्टि शपथ ग्रहण समारोहमा पनि देखियो । मुख्यमन्त्री आचार्यको शपथ ग्रहणमा गिरीलाई निम्तो गरिएकोमा उनी अनुपस्थित रहे ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया