पर्वतको पैयुँ गाउँपालिकाको विद्यालय भवनमा बाढी पस्यो
पर्वत । जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ।
विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ। पैंयुँ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ।
‘खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ,’ उनले भने। भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उनले बताए।
बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्।
यसैबीच, बाढीका कारण पैयुँ वडा नम्बर ५ को पियाखेतका दर्जनौं परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौं रोपनी खेतबारी बगरमा परिणत भएको छ। पैंयुँ गाउँपालिका वडा नम्बर ६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया