ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन
विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व संकलन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।
उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए ।
तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया