प्रहरीको आदेश नमानेपछि रुसका विपक्षी नेता पक्राउ
मस्को । प्रमुख रुसी विपक्षी राजनीतिज्ञ तथा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भ्लादिमिर कारा मुर्जा मस्कोस्थित उनको घर बाहिरबाट पक्राउ परेका छन् । उनका वकिल वादिम प्रोखोरोभले कारामुर्जालाई मंगलबार राति प्रहरी हिरासतमा राख्ने तयारी गरिएको बताए ।
मुर्जालाई एक प्रहरी अधिकारीको कानुनी आदेश पालना नगरेको आरोप लगाइएको छ । यसबाट उनलाई १५ दिनसम्म जेल सजाय हुन्छ ।
यसबारे अन्य कुनै विवरणहरु उपलब्ध गराइएको छैन तर ४० वर्षीय मुर्जाले बारम्बार युक्रेनमा रुसको सैन्य हस्तक्षेपको आलोचना गर्दै आएका थिए र अन्य रूसी प्रमुख विपक्षी व्यक्तिहरूसँग युद्ध विरोधीसमिति सुरु गरेका थिए ।
कारा-मुर्जा विपक्षी नेता बोरिस नेम्त्सोभ नजिकका पूर्वपत्रकार हुन् । बोरिस नेम्त्सोभको सन् २०१५ मा क्रेमलिननजिकै हत्या गरिएको थियो । त्यसपछि पूर्वअर्बपति मिखाइल खोडोरकोभस्की पुटिनको आलोचक बने ।
उनले सन् २०१५ र २०१७ मा रहस्यमय विषाक्त आक्रमणबाट बाँचेको बताउँछन् । यसका बावजुद पनि उनी रुसमै बसे । गत वर्ष विपक्षी नेता एलेक्सी नाभाल्नी जेल परेपछि त्यहाँका धेरै विपक्षीहरुले निर्वासन रोजेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया