प्रहरीको आदेश नमानेपछि रुसका विपक्षी नेता पक्राउ
मस्को । प्रमुख रुसी विपक्षी राजनीतिज्ञ तथा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भ्लादिमिर कारा मुर्जा मस्कोस्थित उनको घर बाहिरबाट पक्राउ परेका छन् । उनका वकिल वादिम प्रोखोरोभले कारामुर्जालाई मंगलबार राति प्रहरी हिरासतमा राख्ने तयारी गरिएको बताए ।
मुर्जालाई एक प्रहरी अधिकारीको कानुनी आदेश पालना नगरेको आरोप लगाइएको छ । यसबाट उनलाई १५ दिनसम्म जेल सजाय हुन्छ ।
यसबारे अन्य कुनै विवरणहरु उपलब्ध गराइएको छैन तर ४० वर्षीय मुर्जाले बारम्बार युक्रेनमा रुसको सैन्य हस्तक्षेपको आलोचना गर्दै आएका थिए र अन्य रूसी प्रमुख विपक्षी व्यक्तिहरूसँग युद्ध विरोधीसमिति सुरु गरेका थिए ।
कारा-मुर्जा विपक्षी नेता बोरिस नेम्त्सोभ नजिकका पूर्वपत्रकार हुन् । बोरिस नेम्त्सोभको सन् २०१५ मा क्रेमलिननजिकै हत्या गरिएको थियो । त्यसपछि पूर्वअर्बपति मिखाइल खोडोरकोभस्की पुटिनको आलोचक बने ।
उनले सन् २०१५ र २०१७ मा रहस्यमय विषाक्त आक्रमणबाट बाँचेको बताउँछन् । यसका बावजुद पनि उनी रुसमै बसे । गत वर्ष विपक्षी नेता एलेक्सी नाभाल्नी जेल परेपछि त्यहाँका धेरै विपक्षीहरुले निर्वासन रोजेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया