पूर्वमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । अपहरण मुद्दामा जेल परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । अपहरण गरेर फिरौती असुलेको रकम शुद्धीकरण गरेको कसुरमा उनलाई मुद्दा दायर भएको हो । अपहरण मुद्दामा दोषी ठहर भएका गुप्तालाई १० वर्ष कैद सजाय भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
उनकै योजना व्यवसायी पवन कुमार संघाईको २०६८ सालमा अपहरण भएको थियो ।
अपहरण गरी उनले ८५ लाख रुपैयाँ फिरौती लिएका थिए । फिरौती लिएकै दिन जयमाता दी सुनचाँदी पसलबाट १७ लाख ३० लाख बराबरको सुन खरिद गरेको अनुसन्धानमा पुष्टि भएको थियो । गुप्ताविरुद्ध ८५ लाख बिगो र उनका दुई सवारी साधन जफतको माग गरी मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया