नेप्से परिसूचकमा ३२ अंकको वृद्धि

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, गणपति लघुवित्त नौ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबिएल डिबेञ्चर तीन दशमलव ९२, कालिका पावर कम्पनी तीन दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया