कीर्तिपुरका मेयर नकर्मीको निधन
काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगर प्रमुख (मेयर) राजकुमार नकर्मीको निधन भएको छ । उनको उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।
कीर्तिपुर नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र लाल श्रेष्ठले मेयर नकर्मीको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नेपालवाचलाई जानकारी दिए ।
दिवंगत नकर्मी मिर्गौला रोगबाट पीडित थिए । दुवै मिर्गौला फेल भएपछि उनी केही समययता डायलासिस गराउँदै आइरहेकोमा स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना भएका थिए ।
नकर्मीको आजै अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।
गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी विजय हासिल गरेका नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् ।
यसैबीच, कीर्तिपुर नगरपालिकाले मेयर नकर्मीको निधनमा आज शोक बिदा दिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया