ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा ज्ञवाली नियुक्त
काठमाडाैं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरेकी छन् ।
ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया