NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।

खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। “अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ”, उनले भने ।

नागरिक सहायता कक्ष

त्यसैगरी व्यास नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरी सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्करुपमा सेवा दिन थालेको छ । व्यास नगरपालिका मातहत रहेका चौधवटै वडामा नागरिक सहायता कक्ष स्थापना गरी सेवा दिन थालिएको हो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निवेदन, कार्यालय प्रयोजनका लागि प्रयोग हुने कागजातको फोटोकपी गरिदिने व्यवस्था नगरपालिकाले गरेको छ । सेवाग्राहीलाई सूचना प्रवाहमा सहजीकरण गरी सेवा दिने गरेको नगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष