मानव अंग बोकेर भारत जाँदै गरेका भारतीय विद्यार्थी पक्राउ

काठमाडौं । मानव अंगसहित एक भारतीय विद्यार्थी पक्राउ परेका छन् । उनी विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित पक्राउ परेका हुन् ।
भारतकाे बिहार घर भएका २६ वर्षीय आदित्य सिन्हालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी रानीले दिउँसो सीमावर्ती क्षेत्र रानीले पक्राउ गरेका सिन्हा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
‘सिन्हाको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला हो,’ सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले भने ।
उनका अनुसार मानव अंग भारततिर लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका छन् ।
उनको साथबाट मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १-१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८-८ वटा बरामद भएको छ ।
ताजा अपडेट
-
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
प्रतिक्रिया