पर्सामा सवारी दुर्घटना : वर्षमै गयो ५१ को ज्यान
वीरगञ्ज । आर्थिक वर्ष २०८०–८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ ले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एक बालिकाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०–८१ मा एक तिहाइले बढेको बताए ।
आव २०७९–८० मा भने २९ पुरुष, पाँच–पाँच महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताउँछन् । आव २०८०–८१ मा सात सय ९६ र आव २०७९–८० मा भने चार सय ९८ सवारी दुर्घटना भएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया