NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

देवी प्रतिभाले भोलिसम्म कथावाचन गर्ने

ललितपुर । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथावाचन गर्ने भएकी छन् ।

शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् ।

उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्नेछिन् ।

ताजा अपडेट

नेपालवाच विशेष