सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
सभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
बैठकमा सभामुख देवाराज घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गरे । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते आइतबार दिउसो १ बजे बस्नेछ ।
ताजा अपडेट
-
लगानी आकर्षित गर्न के गर्दैछ लगानी बोर्ड ?
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
-
समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि : अध्यक्ष प्रचण्ड
-
ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू
प्रतिक्रिया