आरजु पक्राउ गर्न खोजेका एआइजीमाथि प्रतिशोध, कारबाही गर्न समिति गठन
काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने निकट भएको आरोप लागेका नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीमाथि छानविन अघि बढेको छ । सरकार फेरिएलगत्तै ज्ञवालीमाथि छानविन गर्न एआइजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनेको हो ।
स्रोतका अनुुसार लामिछाने गृहमन्त्री हुँदा आइजिपी बसन्तबहादुर कुँवरलाई बाइपास गरेको मुख्य आरोप ज्ञवालीमाथि छ । लामिछानेसँग मिलेर कांग्रेस नेतृ आरजु देउवालाई पक्राउ गर्ने तयारी ज्ञवाली लगायत केही प्रहरीले गरेको आरोप लागेको थियो । सोही कारण ज्ञवालीमाथि छानविन गरेर हटाउन लागिएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको सरुवाको समेत तयारी गरेको गृह मन्त्रालय स्रोत बताउँछ ।
लामिछाने गृहमन्त्री भएपछि उनले ज्ञवालीलाई सिआइबीमा सरुवा गरेका थिए । यो क्रममा सिआइबीले करिब ३२ सय केजी सुन तस्करीको विस्तृत अनुसन्धान गरेको थियो । साथै, बासबारी छालाजुत्ता उद्योग, बाल संगठन, मेगा बैंकको हिनामिना लगायतका विषयमा पनि छानविन गरेको थियो । उनको कार्यकालमा भएका अनुसन्धानका फाइलहरु समेत झिकाएर प्रहरी प्रधान कार्यालयले छानविन गरेको छ ।
लामिछाने निकट भएकै आधारमा गत साता बिशेष ब्यूरोका डिआइजी मनोज केसीलाई समेत हटाइएको थियो ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया