लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीका रुपमा १० दिनअघि शपथ लिएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको हो ।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले आज मात्र उनीहरुको कार्यविभाजन गरेका हुन्।
मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच आजै भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाइएको हो । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायातमन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएको सरकारका प्रवक्ता नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले जानकारी दिए ।
नेपाली कांग्रेसको भागमा परेको एक मन्त्री पठाउन बाँकी छ । सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्थामन्त्री गुल्मीका दिनेश पन्थी, स्वास्थ्यमन्त्री पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइमन्त्रीको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले प्राप्त गरेको प्रवक्ता पन्थीले बाताए ।
लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेकामा एमालेले मुख्मन्त्रीसहित पाँच, कांग्रेसले पाँच र दुई साना दललाई मन्त्रालय बाँडफाँटको सहमति यसअघि गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेका छन् ।
ताजा अपडेट
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स


प्रतिक्रिया