NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

पहिले फुल मन्त्री, अहिले राज्य मन्त्री !

काठमाडौं । फुल मन्त्री बनिसकेका व्यक्ति विरलै राज्यमन्त्री बन्छन् । तर फुल मन्त्री बनिसकेका मधेस प्रदेशसभाका एक सदस्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एमालेका मधेस प्रदेश सभा सदस्य  मोहम्मद जयद आलम मंगलबार राज्य मन्त्री नियुक्त भएका हुन् ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार आफ्नो मन्त्रिपरिषद्मा सत्तासाझेदार दलको तर्फबाट प्रतिनिधित्व हुने गरी ५ राज्यमन्त्री थप गरेका छन् । जसमा आलमलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

रौतहट क्षेत्र नं. २ (क) बाट निर्वाचित आलम पहिलो पटक जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री थिए । दोस्रो पटक सरकारमा सहभागी भएर जाँदा भने उनी राज्य मन्त्री बनेका छन् ।

भौतिक मन्त्रालयको फुल मन्त्रीमा भने यसअघि नै सरोजकुमार यादव नियुक्त भइसकेका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएकोमा आलोचना

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सिंहले आफ्नो मन्त्रिपरिषद् २० सदस्यीय बनाएका छन् । मंगलबार केही राज्यमन्त्री थप गर्दै उनले आफ्नो मन्त्रिपरिषद्को संख्या थप गरेका हुन् ।

सिंहले आफ्नो मन्त्रिपरिषद् जम्बो आकारको बनाएपछि उनको तीव्र आलोचना भइरहेको छ । जनमत पार्टीका सिंहको सरकारलाई एमाले र कांग्रेसको समर्थन छ ।

पछिल्लो समय प्रदेश सरकार छिटो–छिटो परिवर्तन हुन थालेपछि जनतामा संघीयताप्रति नै नैराश्यता उत्पन्न हुन थालेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष