१४ दिनमै दोस्रो हवाई दुर्घटना, हवाई सुरक्षामा गम्भीर प्रश्न
काठमाडौं । १४ दिनको बीचमा दुई वटा दुर्घटना भएपछि देशको हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको छ । बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाले हवाई सुरक्षामा नेपालको छवी अन्तर्राष्ट्रियस्तरमा झन् धुमिल भएको छ ।
यसले पर्यटन उद्योगमा ठूलो असर गर्न चिन्ता छ । बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका– ७ सूर्यचौर (सुइरेचौर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए। सबैको मृत्यु भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।
ठिक दुई हप्ताअघि ९ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। त्यसको जाँच चलिरेहका बेला अर्काे दुर्घटना भएको हो । बुधबारको दुर्घटनाको विषयमा पनि सरकारले जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो। आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन्।

हरेक पटक दुर्घटनामा आयोग बन्ने तर कमजोरी सुधारमा सक्रियता नहुँदा नेपालमा हवाई दुर्घटनाका कारण विश्वमै बदनाम हुँदै गएको छ ।
ताजा अपडेट
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना


प्रतिक्रिया