१६ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा
काठमाडौं । १६ निर्माण तथा आपूर्ति कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।
टेण्डर प्रक्रियामार्फत छनोट भई सम्झौता गरेका निर्माण तथा आपूर्ति कम्पनीले कबोलअनुसारको काम नगरेपछि विभिन्न सरकारी निकायले कालोसूचीमा राख्न सिफारिस गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष अनुरोध गरेका थिए । साेही सिफारिसका आधारमा कार्यालयले दुई भारतीयसहित १६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
उनीहरूलाई न्यूनतम एक वर्षदेखि अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा सूचीकृत भएकाहरूमा भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देवनारायण पवन कन्स्ट्रक्सन प्रालिदेखि नेशनल कन्स्ट्रक्सनसम्म छन् ।
यीमध्ये मैनाचुली निर्माण सेवा प्रालि, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, ऊर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन प्रालि कृषभ निर्माण सेवा प्रालि दोहोरो कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार यी कम्पनीलाई कालोसूचीमा राखिएको जनाउँदै कार्यालयले तोकिएको अवधिभित्र यी कम्पनीले सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया