१६ निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

काठमाडौं । १६ निर्माण तथा आपूर्ति कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।
टेण्डर प्रक्रियामार्फत छनोट भई सम्झौता गरेका निर्माण तथा आपूर्ति कम्पनीले कबोलअनुसारको काम नगरेपछि विभिन्न सरकारी निकायले कालोसूचीमा राख्न सिफारिस गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष अनुरोध गरेका थिए । साेही सिफारिसका आधारमा कार्यालयले दुई भारतीयसहित १६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
उनीहरूलाई न्यूनतम एक वर्षदेखि अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा सूचीकृत भएकाहरूमा भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देवनारायण पवन कन्स्ट्रक्सन प्रालिदेखि नेशनल कन्स्ट्रक्सनसम्म छन् ।
यीमध्ये मैनाचुली निर्माण सेवा प्रालि, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, ऊर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन प्रालि कृषभ निर्माण सेवा प्रालि दोहोरो कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार यी कम्पनीलाई कालोसूचीमा राखिएको जनाउँदै कार्यालयले तोकिएको अवधिभित्र यी कम्पनीले सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया