गृहले सोध्यो एक इन्स्पेक्टरलाई स्पष्टीकरण
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एक प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सातदिने स्पष्टीकरण सोधेको छ ।
नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखा, महाराजगञ्जमा दरबन्दी भई मधेस प्रदेश प्रहरी अस्पताल, रूपनी सप्तरीमा कार्यरत प्रहरी निरीक्षक डा. प्रीती मिश्रलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
यही वैशाख १० गते १५ दिने घरबिदा स्वीकृत गरेर बिदा बसेकी डा. प्रीति वैशाख २९ देखि अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर बिनाजानकारी त्यसयता सम्पर्कविहीन बनेपछि गृहले उनीमाथिकाे कारबाही प्रक्रिया अघि बढाएको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले उनको खोजी अघि बढाउँदै स्थायी ठेगानामा खोजतलास गर्नुका साथै प्रहरी नियमावलीअनुसार कार्यालयमा उपस्थित हुन सूचनासमेत टाँस गरेको थियो ।
घर ठेगानामा खोजतलास गर्दासमेत डा. मिश्र सम्पर्कमा नआएपछि अनुपस्थित रहनुको चित्तबुझ्दो कारण खुलाइ सात दिनभित्र स्पष्टीकरण दिन गृहले निर्देशन दिएको छ ।
यो अवधिभित्र पनि उनी सम्पर्कमा नआएमा थप कारबाही प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रहरी नियमावलीमा कुनै पनि प्रहरी कर्मचारी बिनाजानकारी लगातार ९० दिन अनुपस्थित रहेमा सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया