भारतीय विदेश सचिव आज नेपाल आउँदै
काठमाडौं । भारतीय नवनियुक्त विदेश सचिव विक्रम मिश्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं ओर्लंदै छन् ।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन र पारस्परिक सहयोगलाई निरन्तरता दिन भारतीय सचिवले नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका दौरान मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने तय भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा हुन लागेको भारतीय विदेश सचिवको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयले उनी मोदीको सन्देश बोकेर नेपाल भ्रमण गर्न लागेको बताएका छन् ।


प्रतिक्रिया