भारतीय विदेश सचिव आज नेपाल आउँदै
काठमाडौं । भारतीय नवनियुक्त विदेश सचिव विक्रम मिश्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं ओर्लंदै छन् ।
परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन र पारस्परिक सहयोगलाई निरन्तरता दिन भारतीय सचिवले नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका दौरान मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने तय भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा हुन लागेको भारतीय विदेश सचिवको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयले उनी मोदीको सन्देश बोकेर नेपाल भ्रमण गर्न लागेको बताएका छन् ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया