भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय मिश्रीले भेटवार्ता गरेका छन्। भेटमा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनमा भएको भेटवार्तामा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको छ।
भेटमा नेपाल तथा भारतका अधिकारीहरूसमेत सहभागी थिए। दुईदिने भ्रमणका लागि आज बिहान काठमाडौं उत्रिएका विदेशसचिव मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमनन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन्। मिश्रा सोमबार पशुपतिनाथको दर्शन गर्न जाने कार्यक्रम छ । उनी सोमबार नै फर्कनेछन् ।
एक महिनाअघि विदेश सचिवमा नियुक्त भएका मिश्रा भारतीय प्रधानमन्त्री मोदीको सन्देश बोकेर नेपाल आएको बताइन्छ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया