आर्थिक संकटमा लुम्बिनी सरकार
काठमाडौं । आन्तरिक स्रोत वृद्धि गर्न नसक्दा लुम्बिनी प्रदेश सरकार आर्थिक संकटमा फसेको छ । अभाव देखाउँदै सरकारले गत वर्ष सम्पन्न भउका योजनाको झण्डै २ अर्ब रूपैयाँ भुक्तानी गर्न सकेको छैन ।
कान्तिपुर दैनिकका अनुसार, गत वर्ष क्रमागतमा राखेर चालु वर्षमा सम्पन्न योजनाको भुक्रानी गर्नुपर्ने रकम पनि डेढ अर्ब रूपैयाँभन्दा बढी छ ।
भुक्तानी बाँकी रहेका अधिकांश योजना संघीय सरकारले हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले आफै्रंले अघि सारेका योजनामा पनि रकम अभाव छ । सिँचाइ, खानेपानी, सडक र पुल निर्माणका योजनामा सबैभन्दा बढी समस्या छ । सडक, पुल निर्माणतर्फको २ अर्ब १५ करोड ७ लाख रूपैयाँ, खानेपानीतर्फ ७५ करोड ११ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको सम्बन्धित मन्त्रालयले जनाएका छन् ।
सरकारले प्रतिस्थापन बजेटमार्फत साना र टुक्रे योजना धेरै थपेपछि ठूला योजनाको भुक्तानीमा समस्या परेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया