NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ६ गते

एक अर्ब भ्रष्टाचारमा गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई सफाइ

काठमाडौं । एक अर्बको भ्रटाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित सबैले सफाइ पाएका छन् । दुई महिनाअघि   दायर मुद्दामा बिशेष अदालतले बुधबार फैसला सुनाएको हो ।

मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ०७५/७६ यताका प्रमुख प्रशासकीय अधिकृतहरू विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइरालाले सफाइ पाएका हुन् । तत्कालीन तीन लेखा÷राजस्व शाखा प्रमुख यमलाल बेल्वासे, श्रीराम आचार्य र श्रीकण्ठ घिमिरेलाई अख्तियारले मुख्य प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।

त्यस्तै, सात ठेकेदार कम्पनी तथा तिनका सञ्चालकहरू मदन केसी (सप्तपथ निर्माण कम्पनी प्रालि), प्रकाश माली (माली निर्माण सेवा), रवि महर्जन (कर्मा कन्स्ट्रक्सन), मधुसुदन डोटेल (निराकार ढुंगा रोडा प्रालि), केदारनाथ तिमल्सेना (मछिन्द्रनाथ मल्टिप्रपोज प्रालि), शशिराज शाही (सजिलो रोडा ढुंगा उद्योग प्रालि) र वीरेन्द्र महर्जन (वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालि) लाई पनि प्रतिवादी बनाइएकोमा उनीहरुले समेत सफाइ पाएका छन् ।

नगरपालिका क्षेत्रमा खानी तथा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थहरू ढुंगा, गिटी, बालुवालगायतको ठेक्का लगाउँदा मिलेमतोमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । आर्थिक वर्ष ०७५/७६ देखि पाँच वर्षमा एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ राजस्व चुहावट गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारका अनुसार संघीय तथा प्रदेश कानुनविपरीत न्यून दरमा ठेक्का लगाएर राज्यकोषमा आउनुपर्ने राजस्व चुहावट गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष