पोखरामा समातिए नक्कली सिआइडी
पोखरा । प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई धम्काउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका–७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।
उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गरेको डिएसपी बसन्त शर्माले जानकारी दिए । केहीसँग पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?


प्रतिक्रिया