NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

भलिबल खेलाडी निरुतालाई सशस्त्रले गर्यो बढुवा

काठमाडौं । भलिबल खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरीले पदोन्नति गरेको छ । सशस्त्र प्रहरी जवानको भूमिकामा रहेकी उनलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।

पदोन्नति भएकी निरुतालाई सशस्त्र प्रहरी बल, खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले दर्ज्यानी चिह्न प्रदान गरे ।

निरुता नेपालको राष्ट्रिय भलिबल टिमकी प्रभावशाली खेलाडी हुन् । हालै सम्पन्न भएको काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा नेपाललाई फाइनलसम्म पु–याउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । यो खेलमा नेपालले भारतलाई कडा टक्कर दिए पनि संयमता गुमाउन पुग्दा ३–२ को सेटमा पराजित भएको थियो ।

यसैबीच, भलिबल खेलाडीद्वय सरस्वती चौधरी र कविता भट्टलाई पनि सम्मान गरिएको छ । प्रहरी सेवामा रहेकी चौधरी प्रहरी सहायक हवल्दार हुन् भने कविता जवान हुन् ।

नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा महत्त्वपूर्ण योगदान दिएको भन्दै सशस्त्रले खेलाडीद्वयलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष