नायिका अरुणिमा लम्सालको कांग्रेस नेतासँग दोस्रो बिहे
काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोश्रो बिहे गरेकी छन् । उनले सोमबार धरान,चतराका युवराज श्रेष्ठसँग विवह गरेकी हुन् ।
युवराज नेपाली कांग्रेसका नेता हुन् । अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका छन् । सोमबार उनीहरुले आज काठमाडौँको बत्तिसपुतलीस्थित मन्दिरमा विवाह गरेका हुन् । उनीहरु ६ महिनादेखि प्रेमसम्बन्धमा थिए।
अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । पहिलो श्रीमानबाट अरुणिमाको एक छोरी छिन् । २०६०–६५ सालतिरकी निकै चर्चित नायिका अरुणिमा पछिल्लो समय अमेरिका पुगेकी थिइन् । उनका अभिमन्यु,अग्निज्वाला, भरोसा,धड्कन,मेरो प्यारो माइती घर लगायत फिल्म चर्चित भएका थिए ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?



प्रतिक्रिया