भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित
उत्तरी भियतनाम । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौं बालबालिकाहरू बिद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।
जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ ।
बर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ ।
सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १।३ मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ ।
भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा बर्षाका कारण ११ जनाको मृत्यु हुनुका साथै करीव दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।
सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौति सामना गर्नुपर्ने जनाएको छ ।
परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा पुलहरु बर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय जानका लागि असहज भएको उल्लेख गरेका छन् ।
बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया