पुटिनले युक्रेनमा जातीय नरसंहार गराए : बाइडन
काठमाौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाएका छन् । यसअघि युद्ध अपराध गरेको भन्दै उनले रुसको आलोचना गरेका थिए ।
कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योलको जिम्मा वकिललाई छाड्दै उनले सोझो रूपमा आफूलाई यो नरसंहार लागेको बाइडनले प्रष्ट पारे ।
रुसी राष्ट्रपति पुटिनका क्रियाकलापले पनि यसको पुष्टि गरेको बाइडनको तर्क छ । रुसले जातीय नरसंहार गरेका प्रमाण एकपछि अर्को प्राप्त हुँदै गएको र भविष्यमा यसबारे अझै धेरै जानकारी आउने उनले बताए ।
‘रुसीहरूले युक्रेनमा त्रासदपूर्ण कार्य गरेका प्रमाण हामीले प्राप्त गरिरहेका छौं,’ बाइडनले भने, ‘यसबारे हामीले झन् धेरै जान्नेछौं ।’
यद्यपि, रुसले भने युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको भनेर लागेको आरोप खण्डन गर्दै आएको छ ।
यसैबीच, युक्रेनको मारिउपोल सहरमा रुसले रासायनिक पदार्थ प्रयोग गरेका भन्ने अपुष्ट विवरण आएका छन् । यसबारे प्रतिक्रिया दिँदै रसायनिक अस्त्र प्रतिबन्धसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले चिन्ता जाहेर गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया