धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गरे । “धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भने ।
यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै उनले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताए ।
काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिए । सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया