स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क खल्तीमार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरु आफ्नो बीमा नविकरणका लागि वडा कार्यालय तथा सम्बन्धीत कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ । किनकि अब डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले स्वास्थ्य बीमालेख नविकरणको बीमाशुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ ।
अब बोर्डबाट स्वास्थ्य बीमा गराएका बीमितहरुले जुनसुकै समयमा खल्ती डिजिटल वालेटमार्फत् बीमा नविकरण गर्न सक्ने भएका छन् । साथै बीमा अभिकर्ता तथा सर्वेक्षकहरुको इजाजत पत्र नविकरण शुल्क समेत खल्ती वालेटमार्फत् भुक्तानी गर्न सकिने स्पारो पे प्रालिले जानकारी दिएको छ ।
बोर्डले आफ्ना बीमितहरुको सेवाका लागि नविकरण बीमा शुल्क भुक्तानी गर्न एनसीएचएलका साथै, खल्तीसँग पनि सम्झोता गरिसकेको छ भने अब सोही कार्यका लागि छिट्टै इसेवासँग पनि सहकार्य गर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया