मकवानपुरमा भैंसीले बाघ मार्यो

भरतपुर । मकवानपुरको मनहरीस्थित एक किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६, प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ मारेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आज बिहान भैंसीको प्रतिकारमा बाघ मरेको बताए । बाघको आक्रमणबाट भैंसीसमेत घाइते भएको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो पटक यस्तो घटना घटेको हो ।
“मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ,” उनले भने। शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
प्रतिक्रिया