त्रिविले सोध्यो उपप्राध्यापक भण्डारीलाई स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले उपप्राध्यापक बुना भण्डारीलाई स्पष्टीकरण सोधेको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा कार्यरत भण्डारी बिदा स्वीकृतबेगर अनुपस्थित रहेपछि त्रिवि रजिस्ट्रारको कार्यालयले उनीसँग स्पष्टीकरण सोधेको हो ।
त्रिवि रजिस्ट्रारको कार्यालयका अनुसार, उपप्राध्यापक भण्डारी अध्ययनपश्चात फर्किएर पाँच वर्ष अनिवार्य सेवा गर्ने कवुलियतनामामा हस्ताक्षर गरी अस्ट्रेलियाको द युनिभर्सिटी अफ न्यु साउथ वेल्समा ०७३ माघ ५ गते पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विषयमा पिएचडी अध्ययन गर्न गएकी थिइन् । पूर्वसमझदारीविपरीत पाण्डे त्यहाँबाट फर्केर ०८० फागुन १६ देखि बिदा स्वीकृतबेगर गैरहाजिर रहेकाले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियमअनुसार उनलाई १५ दिने स्पष्टीकरण सोधिएको त्रिविले जनाएको छ । त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० मा कुनै पनि शिक्षक तथा कर्मचारी ९० दिनभन्दा बढी समय बिना जानकारी पोस्टिङ रहेको कार्यालयमा अनुपस्थित रहेमा स्पष्टीकरण सोधी त्यसमा चित्तबुझ्दो जवाफ नआएको खण्डमा सेवाबाट हटाउनेसम्मको व्यवस्था छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया